कारोनाको त्रासबिच नेपालमा भुकम्पको धक्का

बिहिबार, ४ बैशाख २०७७

काठमाडौं – कारोना भाइरसको त्रास रहिरहँदा नेपालमा रातमा भुकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार राति १२ः५५ बजे भुकम्प गएको हो ।

सोलुखुम्बुको दूधकुन्डलाई केन्द्रबिन्दू बनाएर ४.७ रेक्टर स्केलको भुकम्प गएको मापन केन्द्रले जनाएको छ ।

धेरैजसो भने रातको निद्रामा भएकाले यसबाट प्रभावित भएनन् । यसको क्षतिबारे भने कुनै जानकारी आएको छैन ।

२०७२ साल बैशाख १२ गते गएको महाभूकम्पको सचेतना बढाउँदै गर्दा फेरि भुकम्प आएको हो ।