नगरपालिकाबाटै लकडाउनको उल्लङ्घन, फोटोमा हेर्नुहोस् रास्कोट नगरपालिकाको रमिता (फोटो फिचर)
कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा लकडाउनको उल्लङ्घन भएको छ । नगरपालिकाको लापरवाहीका कारण सरकारले आह्रवान गरेको लकडाउनको उलङ्घन भएको हो ।
नगरपालिकाले लकडाउन पालन गर्न उदलासिनता देखाएका कारण कोरोना भाइरस (कोरोना १९) संक्रमणको जोखिम बढेको छ । रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी गर्ने व्यवस्था गरेको र उक्त रकम झिक्न बैंकमा जानेहरुको संख्या बढेपछि संक्रमणको जोखिम बढेको छ । भिडमा संक्रमणको अति जोखिम भएका बृद्धबृद्धा, अपाङ्ग, एकल महिलाको उपस्थिति थियो । यसले पनि संक्रमण जोखिम थप बढाएको थियो ।
नगरपालिकामा रहेको ग्लोवल आइएमई बैंकको शाखा कार्यलयमा बुधबार ३ सय भन्दा बढिले कारोवार गरेको छन भने झण्डै २ सय भन्दा बढिलाई समय अभाव भएको भन्दै घर फर्काएको छ । नगरपालिकाले बैंक खुल्ने समयमा समाजिक सुरक्षा भत्ता लिन आह्वान गरेपछि नगरवासीहरु पैंसा निकाल्न बैंकमा गएका थिए ।
बैंकले सामान्य दुरी कायम गरेर बैंकिङ सेवा दिएको भएपनि नगरपालिका र स्थानिय प्रशासनले ध्यान नदिदा ठूलो भिड लागेको थियो । भिडलाई व्यवस्थापन गर्न बैंकलाई हम्मेहम्मे परेको थियो । वित्तिय साक्षरताको कमीका कारण रास्कोट नगरपालिकाका जनताले संधै सास्ती भोग्नु परेको छ । त्यसकै निरन्तरता स्वरुप लकडाउनको उल्लङ्घन गर्दै बुधबार जनता बैंकसम्म पुगेका थिए ।
नगरपालिकाले लकडाउनको विषयमा चासो नदिदा जनताले मात्र होइन बैंकका कर्मचारीले समेत सास्ती भोग्नु परेको थियो । सिमित कर्मचारीहरुले शाखा संचालन गरेकाले उनीहरुलाई भिड व्यवस्थापन गर्न हम्मेहम्मे परेको बैंकका एक कर्मचारीले बताए ।
बैंकिङ साक्षरता अभावका कारण नगरपालिकाले सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा गरिएको भएपनि पैसा ननिकाल्दा फिर्ता हुन्छ भन्ने भ्रमका कारण जनता लकडाउनको उल्लङ्घन गर्न बाध्य भएका हुन । उक्त बैंकमा यो भिड संधै प्राय लाग्ने गरेको छ ।
बुधबार अत्याधिक भिड भएपछि नगरपालिकाले विहिबारका लागि बैंक बन्द गरिदिएको छ । रास्कोट नगरपालिकाका नगर प्रमुख कांशीचन्द्र बरालका अनुसार विबिबार बैंक बन्द गरिएको र त्यसपछि दिन विराएर बैंक खोलिने बताए ।
बरालका अनुसार अव अत्यावस्यकको काम बाहेक बैंकमा जान नमिल्ने व्यवस्था गरिएको छ । प्रत्येक वडाबाट ५ जनाले बडाध्यक्षको सिफारिसमा मात्र बैंकमा जान पाउने व्यवस्था गरिएको छ । सिफारिस विना आएका व्यक्तिलाई बैंकिङको सेवा नदिने बैंकले जनाएको छ ।



