सुर्खेतका कोरोना संक्रमितबारे आयो नयाँ तथ्य

बिहिबार, ४ बैशाख २०७७

काठमाडौं – सुर्खेतमा कोरोना भाइरस पोजेटिभ देखिएको भनेका युवा रुकुम पश्चिमका भएको बुझिएको छ । कर्णाली प्रदेश सरकारले केही समयअघि उनीहरुको स्वाव परिक्षणका लागि धनगढी पठाएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनगढिस्थित सेती प्रादेशिक अस्पतालको पीसीआर बिधिबाट परीक्षण गर्दा दुबै जनाको रिपार्ट पोजिटिभ देखिएको मन्त्रालयका प्रबक्ता विष्णु प्रसाद अधिकारीले बताए । उनीहरुलाई अहिले रुकुमकै जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको स्वस्थ्य निर्देशक रिता भण्डारीले बताइन ।

‘उनीहरुको स्वाव थप परीक्षणका लागि काठमाडौं पठाइएको छ,’ सेती अञ्चल अस्पतालका एक चिकित्सकले भने। दुवै जना भारतबाट आएपछि सुर्खेत हुँदै रुकुम पुगेका थिए ।

सो अस्पतालमा पीसीआर बिधिबाट नै गरिएको भए पनि थप पुष्टि गर्न काठमाडौ‌ंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाउने निर्णय गरेको एक चिकित्सकले बताए।