अस्पतालले भर्ना लिन नमानेपछि कोरोना संक्रमित एक नेपालीको मृत्यु
अमेरिका – अमेरिकाको न्यूयोर्कमा बस्दै एक नेपालीको उपचार अभावमा मृत्यु भएको छ । काठमाडौंको कात्तिगांैडा घर भएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
विगत २० दिनदेखि कोरोना संक्रमित मल्लको न्यूयोर्कको उडसाइडस्थित कुइन्समा रहेको आफ्नै निवासमा उपचार अभावका कारण मृत्यु भएको एउटै घरमा बस्दै आएका विजय ज्ञवालीले बताए । कोरोना भाइरसका कारण बिरामी परेका मल्ल उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको ज्ञवालीको भनाई छ । मल्लका दुई छोरी र आमासंगै बस्दै आएका थिए ।
न्युवर्कको एलमस्ट अस्पतालमा उपचारका लागि डिड्दै पुगेका उनलाई उपचारका लागि ठाउँ नभएको भन्दै अस्पतालले मृत्यु हुनुभन्दा अघिल्लो दिन फर्कादिएको थियो । खाना खाएर निदायका मल्ल विहान उठ्दा ढोका अगाडी चप्पल लाएको अवस्थामा मृत भेटिएका थिए । ट्वाइट जानलाग्दा वा पानि खान खोज्दा उनको मृत्यु भएको हुनसक्ने चिकित्सवहरुको भनाई छ ।
- यस्तो अवस्थामा भेटिएका थिए मल्ल
