उद्योग वाणिज्य संघले गरेको मूल्यवृद्धि लागु नहुने

शुक्रबार, ५ बैशाख २०७७

बाह्रबिसे – लकडाउनअघि बजारमा चलेको बजार मूल्यभन्दा बढी मूल्य कायम गर्ने जिल्ला उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

जिल्ला उद्योग वाणिज्य संघले बैशाख ३ गते दैनिक उपभोग्य साम्रग्रीको नयाँ मूल्य कायम गरेको थियो । उक्त मूल्य लकडाउनअघि बजारमा चलेकोभन्दा बढी भएको भन्दै बाह्रबिसे बजारका स्थानीय युधीर पौडेलको विशेष सक्रियतामा सयौं उपभोक्ताहरुले विरोध गर्दै पुरानै मूल्य कायम हुनुपर्ने माग गरेका भए पनि वाणिज्य संघले बेवास्ता गरेपछि उनीहरुले इलाका प्रहरी कार्यालय बाह्रबिसेमार्फत जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । पौडेलले भने, ‘देश लकडाउनले आक्रान्त भएको बेला दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि गर्ने वाणिज्य संघको मनोमानी हामीलाइ कुनै पनि हालतमा मान्ख् हुँदैन, यो सरासर ठगी हो यसविरुद्ध सबै उपभोक्ता एकजुट हुनैपर्छ ।’

उक्त निवेदन प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालयको सम्बन्धन तथा अनुगमन उपसमितिको बैठकले पछिल्लो मूल्यसूची कार्यान्वयन नगरी पुरानै मूल्यमा बिक्रि बितरण गर्न अनुरोध गरेको हो ।