ड्युटिमा रहेको अनुसन्धानका असई पनि कुटिए

शुक्रबार, ५ बैशाख २०७७

काठमाडौं – नेपाल प्रहरीले ड्युटीमा रहेका अनुसन्धानका प्रहरीलाईसमेत कुटेको छ ।

गत बुधबार साँझ बसन्तपुर क्षेत्रमा रहेका एक जना अनुसन्धान सहायक (असई) लाई जनसेवा वृत्त न्युरोडको टोलीले कुटपिट गरेको हो।

ती असईलाई २ घन्टासम्म नियन्त्रणमा लिएर छोडिएको राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीले बताए। वृत्तका प्रमुखले ती असईलाई मुद्दासम्म चलाउने चेतावनी दिएका थिए।

आफ्ना कर्मचारी यस्तो बेलामा कसरी सडकमा काम गरिरहेका छन् भनेर कुनै चासो नदेखाएको राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीले बताए।

वृत्तका डिएसपी सुनिलजंग शाहले भने मास्क नलगाएकाले प्रहरीले दुई घन्टा राखेर सम्झाएको तर कुटपिट नगरेको बताए।

प्रहरीको टोलीले बुधबार त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई कुटेका थिए भने बिहीबार कलंकीमा इन्स्पेक्टरको टोलीले औषधि किनेर आएकाहरूलाई कुटेको थियो।