२ दिनमा २२ गुणाले बढ्यो दुर्गा प्रसाईको सम्पत्ति
काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ। उनले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिए उनको सम्पत्ति २२ गुणाले बढेको हो ।
महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०७७र७८ को लेखा परीक्षण० मा प्रसाईंले खरिद गरेको जग्गाको मूल्य र सोही जग्गा धितो राख्दा बैंकले दिएको ऋण २२ गुणा फरक रहेको उल्लेख छ।
प्रतिवेदनको ३२७ नम्बर पेजको ३८ ९१० मा उल्लेख भएअनुसार प्रसाईंले निजी अस्पतालका लागि झापा अनारमनी–३ मा रहेको ५७१।४८ वर्ग मिटर क्षेत्रफल भएको पाँच कित्ता जग्गा ८ करोड थैली अंक राखेर भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरमा २०७७ साउन २ गते राजीनामा लिखत गरी किनेका थिए। प्रसाईंले उक्त जग्गा २०७७ साउन ४ गते विभिन्न ४ वित्तीय संस्थासँग दृष्टिबन्धक लिखत पारित गरी १ अर्ब ७४ करोड ऋण लिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार अस्पताल सञ्चालकले अस्पताललाई बिक्री गरेको जग्गाको लिखतमा लिग लगायतको मूल्य समावेश गरिएको छैन। प्रतिवेदनले यस विषयमा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ। प्रतिवेदनमा छ, ‘जग्गाधनीले आफ्नो अचल सम्पत्तिको खरिद मूल्यभन्दा अधिक मूल्यांकन गराई वित्तीय संस्थाबाट ऋण लिँदा सर्वसाधारण निक्षेपकर्ताहरूको निक्षेप जोखिममा पर्ने भएकाले वास्तविक मूल्यभन्दा अधिक कर्जा प्रवाह गरेको कारोबारको विश्वसनीयता सम्बन्धमा नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकहरूको प्रभावकारी अनुगमन गरी सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नुपर्छ।’
महालेखाले जग्गा खरिदका क्रममा सरकारलाई तिर्नुपर्ने राजस्व छल्ने प्रयास गरेको आशंका गरेको छ। उसले एक दिनको फरकमा रजिस्ट्रेसन प्रयोजनमा जग्गाको थैली अंक न्यून देखाउने तर सोही जग्गा दृष्टि बन्धक गरी खरिद मूल्य भन्दा २२ गुणा बढी थैली अंक कायम गर्दा घटी राजस्व प्राप्त हुने गरी गरेको कारोबार सम्बन्धमा कार्यालयले थप छानबिन गरी छुट भएको राजस्व यकिन गरी असुल गर्न सुझाएको छ। नागरिकता दैनिकबाट