कुमारी बैंकलाई संस्थापक शेयरधनीले समेत विश्वास गर्न छोडे, डिपोजित सार्दै ग्राहक

सोमबार, ५ चैत्र २०८०

काठमाडौं – कुमारी बैंक लिमिटेडलाई बैंकका संस्थापक शेयरधनीले समेत विश्वास गर्न छाडेको पाइएको छ । बैंकको खराब कर्जा बढेको, कर्जा प्रवाहमा अनियमितता गरेको, कमिसनका लागि कर्जा प्रबाहमा सिण्डिकेट लगाएको, बोर्डको निर्णय लत्याउँदै व्यवस्थापनले आफूखुशी काम गरेको, राम्रो प्रतिफल दिन नसकेको, संस्थागत सुशासन कायम नगरेको लगायतका आरोप लगाउँदै संस्थापक शेयरधनीले बैंकप्रति विश्वास गर्न छोडेका हुन् ।

उनीहरुमध्ये दर्जन बढी संस्थापक शेयरधनीहरु शेयर बेचेर बैंकबाट निक्लिन चाहेका छन् । शेयर बेचेर निक्लिन खोज्नेहरुमा नीरप्रसाद घिमिरे, जनक तिमल्सिना, बालकृष्ण दाहाल, रत्ना कुमारी आले, रत्न लुइँटेल, मुकुन्दप्रसाद दाहाल, रेवन्तकुमार दाहाल, सूर्य मानन्धर, रमेश लामिछाने, देवकुमारी हुमागाईं, हरिकृष्ण दाहाल, मोहनप्रसाद पाण्डे लगायतका रहेका छन् ।

उनीहरु सबैजनाले आफ्नो शेयर विक्रिमा राखेका छन् । यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । साथै, तोकिएको समयभित्र खरिदका लागि संस्थापकहरुको आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । खरिदकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ बैंकले जनाएको छ ।

शेयरधनीले भकाभक शेयर बेच्न थालेपछि ठूला डिपोजिटरहरुले पनि आफ्नो रकम अन्यत्र सार्न थालेका छन् । बैंकको खराव कर्जा बढेपछि जतिबेला पनि नेपाल राष्ट्र बैंकले टेकओभर गर्नसक्ने तर्क आशंका गर्दै उनीहरुले आफ्नो डिपोजिट सार्न थालेका हुन् ।

यो पनि पढ्नुहोस्

कालोसूचीमा पर्यो कुमारी बैंक