जीप दुर्घटना परि चार जनाको मृत्यु

बिहिबार, १२ भाद्र २०८२

काठमाडौँ – डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार जीप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको हो ।दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरेर अस्पताल लैजाने तयारी छ ।

मृतकको सनाखत हुन सकेको छैन ।दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।