भदौ १८ गतेदेखि विद्यालयहरु अनिश्चित कालका लागि बन्द हुने

बिहिबार, १२ भाद्र २०८२

काठमाडौं— भदौ १८ गतेदेखि विद्यालयहरु अनिश्चित कालका लागि बन्द हुने भएका छन् ।

निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने घोषणा गर्दै भदौ १८ गतेदेखि निजि विद्यालयहरु अनिश्चित कालका लागि बन्द गर्ने भएका हुन्।

केहिदिन देखि प्याब्सन, एन प्याब्सन, हिसान, अपेन, एनएमए लगायतका शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूले शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टिसहित ५ माग राख्दै संयुक्त आन्दोलनलाई जारी राखेका छन् ।

संयुक्त विज्ञप्तिमा भोलिदेखि १८ गतेसम्मलाई चरणबद्ध आन्दोलन घोषणा गरिएको छ ।