सुनको मूल्यमा फेरी उच्च रेकर्ड

शुक्रबार, १३ भाद्र २०८२

काठमाडौं — नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यो आज सम्मकै उच्च हो ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम थियो ।