कवाडीमाथिको अत्याचार तत्काल रोकियोस् : सांसद यादव
काठमाडौं — नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि गरेको अत्याचार र तोडफोडको विरोधमा आवाज उठाएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले महानगरको कार्यशैलीप्रति आपत्ति जनाउँदै अदालतको आदेश विपरीत महानगरले कवाडी हरूमाथि गरेको कारबाही अमानवीय भएको बताइन् ।
‘यो देशमा सबै नागरिकले सम्मानजनक जीवन बाँच्ने अधिकार छ,’उनले भनिन्, ‘तर काठमाडौं महानगरले जुनव्यवहार कवाडीहरूमाथि गरिरहेको छ, त्यो अत्याचारपूर्ण र अपमानजनक छ।’
उनले केहीदिनदेखि काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहलनगर्नु दुःखद् विषय भएको बताइन् । ‘सोमबारदेखि व्यवसायीहरू सडकमा छन्, वार्तामा बोलाएर उनीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दछु,काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहलनगर्नु दुःखद् विषय हो ।’उनले भनिन् ।
यादवले कवाड व्यवसायीहरूमाथि भएको धनजनको क्षति र उत्पीडनको विषयमा तत्काल छानबिन गरी पीडितलाई न्यायदिन सरकारसँग माग गरेकी छिन् ।