सरकारको फेसबुक बन्द गर्ने तयारीकाबीच मेटाले दियो नेपाली प्रयोगकर्तालाई कन्टेन्ट मोनिटाइजेसन सुविधा

शनिबार, १४ भाद्र २०८२

काठमाडौँ – मेटाले नेपालका फेसबुक कन्टेन्ट क्रियटरलाई ‘कन्टेन्ट मोनिटाइजेसन’ को सुविधा उपलब्ध गराउन थालेको छ । यसै सातादेखि फेसबुकले यो सुविधा दिन थालेको हो ।

कन्टेन्ट मोनिटाइजेसन भनेको क्रियटरले फेसबुकबाट आम्दानी गर्न सक्ने एउटा माध्यम हो । यसअघि फेसबुकले इन-स्ट्रिम एड्स (भिडिओमा देखिने विज्ञापन) र स्टारको सुविधा दिँदै आएको थियो । अहिले इन-स्ट्रिम एड्सलाई पनि फेसबुकको कन्टेन्ट मोनिटाइजेसन अन्तर्गत राखिएको छ ।

कन्टेन्ट मोनिटाइजेसनको सुविधा पाएका फेसबुक पेज तथा प्रयोगकर्ताले अब पोस्ट हुने कन्टेन्ट, रिल्स, स्टाटस र स्टोरीबाट आम्दानी गर्न सक्नेछन्

। केही प्रयोगकर्ताले यो सुविधा सुरु भएपछि नेपाली बैंक खातामै रकम पाउन थालेको दाबी गरेका छन् ।