माओवादीका भनिएका कुलमान पार्टी खोल्ने भन्दै देश-विदेश दौडिएपछि रन्थनिए प्रचण्ड
काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुलमान घिसिङसँग रिसाएका छन् । कुनै बेला कुलमानले नै लोडसेडिङ अन्त्य गरेको प्रचण्डको बोली फेरेका छन् ।
सरकारले गत चैतमा कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउदा माओवादीले यसैलाई मुद्दा बनाएको थियो। कुलमान विना प्राधिकरण नै चल्न सक्दैन भन्ने भाष्य स्थापित गर्नमा लागेका प्रचण्ड एकएक पार्टी खोल्ने भन्दै देश विदेश दौडिएपछि रिसाएका हुन् ।
प्राधिकरणबाट बाहिरिएपछि उनी माओवादीमा प्रवेश गर्छन् भन्ने माओवादीको अनुमान थियो। तर, प्रचण्डको अनुमान फेल खाएपछि उनी रन्थनिएका छन्। कुलमान माओवादीमा प्रवेश होइन बरु नयाँ राजनीतिक दल खोल्ने भन्दै मध्य पूर्व देश घुमे, वैदेशिक रोजागारीमा रहेका नेपालीलाई भेटे। त्यति मात्र होइन आफू कहिल्यै माओवादी नरहेको र नहुने संदेश दिए ।
प्रचण्डको सचिवालयले ०७९ को चुनावमा कुलमानको पोस्टर पनि प्रचारप्रसारको माध्यम बनाएको थियो। पछि फेसबुकबाट डिलिट गरियो। तर, अहिले भने प्रचण्ड कुलमानको नाम नलिइ उनीविरुद्ध भाषण गर्दै हिँडेका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले लोडसेडिङको नेतृत्व राजनीतिक नेतृत्वले गरेको बताएका बताए । ‘लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्तितिर गएपछि त्यसले एउटा गयो ।।। तर, यहाँनिर कहिलेकाँही के लाग्छ मलाई भने मानिसहरू कस्तो विवेक पुर्याउने कुरामा कहिलेकाँही कसरी चुक्छन् ? यो आखिरमा पोलिटिकल लिडरसिपको भिजन, उसको सपना र समर्पण नभइकन कुनै टेक्निकल मान्छेले मात्रै गरेर यो हुन्थ्यो भने त टेक्निकल मान्छे त धेरै वर्षदेखि छन् नि ,’ उनले भने।
प्रचण्डले कुलमानको नाम नलिई नागरिकले लोडसेडिङको अन्त्य गरेको जस प्राविधिक नेतृत्वलाई दिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘