बेलायत गएका एक वडाध्यक्ष करोडौँ रकम कुम्ल्याएर फर्किए

शनिबार, १४ भाद्र २०८२

काठमाडौं—वडाध्यक्षको आम्दानीले घर व्यवहार चलाउन कठिन भएपछि बेलायत गएका एक वडाध्यक्ष करोडौँ रकम कुम्ल्याएर फर्किएका छन् । दाङको राप्ती गाउँपालिका ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ एक बर्षको बेलायत बसाई पछि स्वदश फर्किएका हुन् ।

उनी २०८१ साल साउन २० गते बेलायत गएका थिए । वडा सदस्य चम्फा पुनलाई कार्यवहाक दिएर पैसा कमाउन बेलायत गएका गुरुङ वडाध्यक्ष जित्नु अघि सोही वडामा कार्यालय सहयोगी थिए ।