एनआईसी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

सोमबार, १६ भाद्र २०८२

काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा विशेष छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता अनुसार होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ ।

बैंकका ग्राहकले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम) मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिने छ भने Airport Lounge and Restaurant, Pastry Shop र Tranquillity Spa मा १५ प्रतिशतको छुट उपभोग गर्न सकिने छ ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले बताएका छन् । होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।