कन्सल्टेन्सी सेक्टरमा ८ रेक्टरको भुईचालो !
काठमाडौं – शिक्षा मन्त्रालयको निर्देशनले कन्सल्टेन्सी सेक्टरमा ८ रेक्टरको भुईचालो गएको छ । डिप्लोमा तहका लागि अस्टेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ‘नो अव्जेक्सन लेटर’ दिन बन्द गरेपछि कन्सल्टेन्सी क्षेत्रमा हलचल ल्याएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अस्टेलियाको डिप्लोमा कोर्षमा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको छ । मन्त्रालयले केही कुराहरुमा छानविन गर्न पर्ने भएकाले ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको हो ।
मन्त्रालयको आधिकारीक निर्णय भन्दा पनि मन्त्रीको सचिवालयले विद्यार्थीलाई दुख दिन ब्यक्तिगत स्वार्थका लागि संवन्धित विभागलाई निर्देशन दिएको बताइएको छ । अस्टेलियामा सबैभन्दा धेरै विद्यार्थी भेट कोर्षहरु र डिप्लोमा अध्ययनका लागि जाने गर्दछन । नेपालमा ब्यबसाय गर्दै आएक शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि काम गर्ने संस्थाहरुलाई यसले ठुलो भट्का दिएको छ ।
डिप्लोमा कोर्षहरुमा ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेपछि यससंग सम्बन्धित परामर्शदार्ती संस्थाहरु आन्दोलित भएका छन । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले मन्त्रालयको निर्देशन विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । मोटिभेट न्युजसंग कुरा गर्दै फेकनका अध्यक्ष युवराज कटुवालले बैठक बसेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताए ।
त्यस्तै, यता शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठुलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आजै मन्त्रीलाई भेटी नो अव्जेक्सन लेटरका विषयमा केहि कुराहरु सच्याउन आग्रह गरेको छ ।
इक्यानका अध्यक्ष विष्णुहरी पाण्ड र उपाध्यक्ष देविदास भट्टराईको नेतृत्वमा मन्त्रालय गएको टोलीको आग्रहमा विभागलाई पैसा बुझाएकाहरुलाई नो अव्जेक्सन लेटर दिन निर्देशन गरेको छ । देविदास भट्राईका अनुसार हिजो (सोमबार) सम्म पैसा डिपोजिट गरेका विद्यार्थीहरुलाई लेटर दिन मन्त्रालय सहमत भएको बताए ।