यी हुन् हर्क साम्पाङको पार्टीका पाँच पदािधकारी
काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा ५ सदस्यीय पदाधिकारी रहेको पाइएको छ । उनले दशैँअघि नै (असोज ७ मा) निर्वाचन आयोगमा दल दर्ताको निवेदनमा पाँच पदाधिकारी, २३ सदस्यीय केन्द्रीय समिति र चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् ।
निर्वाचन आयोग उच्च स्रोतका अनुसार साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीमा ५ सदस्यीय पदाधिकारी प्रस्ताव गरिएको छ । जसमा उनी आफैँ अध्यक्ष छन् । उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ राखिएको छ । उनको पार्टीमा २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।