प्रधानमन्त्री सुशीला कार्कीको पद धरापमा
काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीको पद धरापमा परेको छ ।
आवस्यकताको सिद्धान्त अनुसार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीविरुद्ध सर्वोच्च अदाललमा परेका रिट दर्ता हुने भएसँगै उनको पद धरापमा परेको हो । आइतबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले असोज २८ देखि रिट निवेदनहरु दर्ता गर्ने निर्णय गरेको छ ।
कांग्रेस एमाले कार्कीको नियुक्त र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च जाने तयारीमा छन् ।
भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिने तयारीमा कांग्रेस, एमाले, कानुन व्यवसयीहरु तयारीमा अवस्थामा छन्।
जेनजी आन्दोलनका कारण भदौ २४ गते अदालत पूर्ण रुपमा ध्वस्त भएपछि अहिलेसम्म बन्दीप्रत्यक्षीकरणका निवेदन मात्रै सुनुवाइ हुँदै आएको थियो।
आइतबारको निर्णयले अदाललको सेवालाई थप विस्तार गर्ने निर्णय भएको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
संविधानको धारा १३३ अन्तरगतका असाधरण क्षेत्राधिाकारका निवेदनसँगै देवानी र फौजदारी कार्यविधि अन्तरगतका विभिन्न निवेदनहरुको पनि सुनुवाइ हुने भएको छ।
कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्ण बैठकको निर्णयानुसार यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरु मिति २०८२।६।२८ गतेबाट दर्ता एवं सुनुवाई हुने र अन्य सेवाहरु पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’