जेनजी चोक घोषण गर्न पुुगेका जेनजीहरु पक्राउ

आइतबार, २६ असोज २०८२

काठमाडौं—जेनजी चोक घोषण गर्न पुुगेका जेनजीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको ठाडो आदेशमा काठमाडौंको तीनकुनेबाट प्रहरीले तीन जना जेनजीलाई पक्राउ गरेको हो ।

तीनको चोकलाई जेनजी चोक घोषणा गर्न युवाहरु भेला भएका थिए । प्रहरीले पक्राउ गरेपछि तीनकुनेलाई जेनजी चोक घोषणा गर्नुपर्ने माग राख्दै नारावाजी गरेका थिए ।