केपि ओलीलाई पक्राउ गर्ने कानुनी आधार खोज्न ओलीसंगै सल्लाह लिन पूर्वसचिव भिम उपाध्यायको सुझाब

सोमबार, २७ असोज २०८२

काठमाडौं—पूर्वसचिव भिम उपाध्यायले केपि ओलीलाई पक्राउ गर्ने कानुनी आधार खोज्न ओलीसंगै सल्लाह लिन अनुरोध गरेका छन् ।

उनले कानुनकै ज्ञाता पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री हुदा, चर्चित वकिल गृहमन्त्री, पूर्वन्यायाधीश कानुनमन्त्री हुँदा पनि कुन कानुन लगाएर हत्यारा पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राऊ गर्ने भन्ने थाहा रहेनछ भन्दै व्यङ्ग्य कसेका हुन् ।

‘यो सरकारले बरू कसरी कुन कानुनको कुन दफा लगाएर पक्राउ गर्न सकिन्छ महा अनुभवी ओली र लेखकलाई भेटेर सल्लाह लिए हुन्छ ।’

कानुनकै ज्ञाता पूर्व प्रधानन्यायाधीश प्रम हुदा चर्चित वकिल गृहमन्त्री, पूर्व न्यायाधीश कानुनमन्त्री हुदॉ पनि कुन कानुन लगाएर हत्यारा पूर्वप्रम, पूर्वगृहमन्त्रीलाई पक्राऊ गर्ने भन्ने थाहा रहेनछ। कपाल पाकेर मात्र पाको भइदैन, विवेक पाकेको हुनुपर्छ, बाहिर बसेर चिच्याएजस्तो राजकाजमा ऑत बलियो हुनुपर्छ। , उनले फेसबुकमा लेखेका छन् ।