शिर्ष नेताहरु पार्टी एकताको निश्कर्षमा पुगेपछि माओवादी र एकीकृत समाजवादी पार्टीका दोश्रो तहका नेताहरु अर्को मोर्चाबन्दीमा
काठमाडौं—शिर्ष नेताहरु पार्टी एकताको निश्कर्षमा पुगेपछि माओवादी र एकीकृत समाजवादी पार्टीका दोश्रो तहका नेताहरु अर्को मोर्चाबन्दीमा लागेका छन् ।
समाजवादी मोर्चालाई समाजवादी केन्द्रका रुपमा विकास गर्ने सहमति पछि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य डा विजय पौडेल तथा वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिले छुट्टै पार्टी बनाउन मोर्चावन्दी गरेका हुन् ।
समाजवादी मोर्चाका नाममा ध्रुवीकृत माओवादी, नेकपा, उपेन्द्र यादव नेतृत्वको जसपा र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच छिट्टै पार्टी एकता हुने चर्चाका बीच अर्कोखाले ध्रुवीकरणको विकास भइरहेको छ ।
विशेषतः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उनीहरूको पार्टीको दोस्रो र तेस्रो तहका नेताबीच बढ्दो तिक्तता र त्यही स्थितिमा हुने भनिएको एकताका कारण वामपन्थीबीच अर्को मोर्चाबन्दीको कसरत शुरू भएको हो ।
‘कतिपय साथीहरू आ—आफ्नो पार्टीभित्रको पोजिसनका कुराले खुलिसक्नुभएको छैन, तर हामी घनिभूत छलफलमा जुटिसकेका छौं’, छलफलमा सहभागी एक नेताले बताए ।
त्यस्ता छलफलमा सहभागीमध्ये वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका तर्फबाट सो पार्टीका नेता जागृत रायमाझी र राजकुमार हिङ्माङ सक्रिय छन् ।
रायमाझीले भने, ‘जेनजी आन्दोलनपछि समग्र कम्युनिष्ट आन्दोलन नै ढलेको हो । नेतृत्व प्रणाली, कम्युनिष्ट आन्दोलनको कार्यदिशा र अबको बाटोको बारेमा बिल्कुल नयाँ शीराबाट छलफल शुरु भएको छ ।’
उनले श्रेष्ठ, शर्मा, भुसाल, डा.पौडेलसम्मको नाम लिन सकिने, बाँकी कुरा अहिले नै भन्ने बेला नभएको बताए । ‘हामी अत्यन्तै प्रारम्भिक छलफलमा छौं, कसरी अगाडि बढ्ने भन्ने कुरा ठोस रूपमा भइसकेको छैन’, उनले भने ।
‘