एनआईसी एशिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्टमा १५ प्रतिशत छुट

मंगलबार, २८ असोज २०८२

काठमाडौ – एनआईसी एशिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध गराउने भएको छ । होटल र बैंकबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

नवलपुरमा रहेको रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा हुने बैंकका प्रमुख सूचना अधिकारी तथा सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए । सुविधाको उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने उनको भनाई छ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।