बाजुराका एक युवकले गरे आत्महत्या

बुधबार, २९ असोज २०८२

काठमाडौं— बाजुरामा एक जनाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ का सुर्य थापाका छोरा अन्दाजी २८ बर्षिय खडक थापाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन्।

बुधवार विहान थापाले आफ्नै घरको धुरीमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्लाप्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव वहादुर चौधरीले बताए ।

उनकाअनुसार,थापाले आत्महत्या गरेको अवस्थामा भेटिएको भन्ने खवर पश्चात् जिल्लाप्रहरी कार्यालयबाट आफू लगायतअन्यप्रहरीको टोली घटनास्थलमा पुग्दाउनले आफै घाँटीमा पासो लगाएर मृत अवस्थामा भेटिएको बताए ।

थापाले गएराती नै आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलको मुचुल्का गरि शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल बाजुरामा ल्याई शव गृहमा राखिएको छ । मृतक थापाका आफन्तले जाहेरी लिएर आएपश्चात् शवको पोस्टमार्टम गरिने प्रहरीले बताएको छ।