अवैधगाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद

बिहिबार, ३० असोज २०८२

काठमाडौं— मकवानपुर प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएका नौ वटा गोरु, एउटा गाई र एउटा बाछो सहितका दुई वटा गाडी नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुधबार साँझ मनहरी गाउँपालिका क्षेत्रबाट सर्लाहीको लालबन्दीतर्फ लैजाँदै गरेका ती गाडीहरू नियन्त्रणमा लिएको हो ।

जिल्लाप्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका गाडीहरू — गाडीनम्बर प्रदेश न २ ०३–००१ च ३३५६ र बा २१ च ८९२८ मा क्षमताभन्दा बढीपशुहरू राखी ढुवानी गरिएको थियो । तीपशुहरूलाई सर्लाही स्थित लालबन्दीतर्फ तस्करी गर्न खोजिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै गाडीकाचालकहरूलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारबाहीका लागि पशुसेवा कार्यालय मकवानपुर पठाएको छ ।

मापदण्डविपरीत ढुवानी
नेपाल सरकारद्वारा जारी पशु ढुवानीमापदण्ड, २०६४ अनुसार गाई र गोरु, बाछा र बाछीलाई एउटै सवारी साधनमा एकसाथ ढुवानी गर्न पाइँदैन । तर नियन्त्रणमा परेका सवारी साधनहरूमा दुबै प्रकारका पशुहरू एउटै गाडीमा राखिएको पाइएको छ।

यसरी मापदण्डउल्लङ्घन गरी ढुवानीगर्दा पशुको स्वास्थ्यमागम्भीर असर पर्ने, सवारी दुर्घटनाको जोखिमबढ्ने र पशु कल्याण सम्बन्धी कानुनको पनि उल्लङ्घनहुने प्रहरी अधिकारीहरूले बताएका छन् ।
जिल्लाप्रहरी कार्यालय मकवानपुरका एक अधिकारीकाअनुसार, ‘गाडीमाक्षमताभन्दा धेरै पशु राखिएको थियो। यस्तो प्रकारको ढुवानीकेवल गैरकानुनी मात्र होइन, पशु कल्याण मापदण्डको पनि उल्लङ्घन हो। अहिले नियन्त्रणमा रहेकाचालकहरूमाथिथप अनुसन्धानभइरहेको छ ।’

भेटेरिनरी प्रमाणपत्र पनि शंकास्पद
उक्तगाडीहरूमा भेटेरिनरी प्रमाणपत्रपनि फेला परेको छ, तर सो प्रमाणपत्र नियमविपरीत जारी गरिएको पाइएको छ । प्रहरीका अनुसार, प्रमाणपत्रमा न भेटेरिनरी डाक्टरको मोबाइल नम्बर छ, न कार्यालयको ठेगाना । त्यसमाथिपनि पशुको स्वास्थ्य परीक्षणनगरी र मापदण्ड भन्दाबढी सङ्ख्याका पशु राखिएको अवस्थामा प्रमाणपत्र जारी गरिएको थियो ।

पशु चिकित्सककाअनुसार, कुनै पनिपशु ढुवानी गर्नुअघि स्वास्थ्य परीक्षण गरी गाडीमा राखिएका पशुको अवस्थाबारे स्पष्ट उल्लेखसहित प्रमाणपत्र जारी गर्नुपर्छ । तर यस मामिलामा त्यस्तो प्रक्रिया पालना नभएको देखिएको छ।

पशुसेवाकार्यालय मकवानपुरका एक प्राविधिक स्रोतकाअनुसार, ‘यदि प्रमाणपत्र नक्कली वा मापदण्डविपरीत जारी गरिएको हो भने त्यसमा संलग्नव् यक्ति माथिपनि कानुनी कारबाही हुनुपर्छ ।’

कानुनी कारबाहीको तयारी
अवैध पशु ढुवानी सम्बन्धी मुद्दापशु सेवा ऐन २०७५ र त्यससँग सम्बन्धित मापदण्डअनुसार अघिबढाइने प्रहरीले जनाएको छ । तीपशुहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राखिएको छ । प्रहरीले गाडीमालिक र तस्करी शृङ्खलामा संलग्न अन्यव्यक्तिको पनिखोजी तीव्र पारेको छ ।

तस्करी बढ्दो चिन्ता
हालैका वर्षहरूमा मकवानपुर हुँदै तराईका विभिन्न जिल्लातर्फ पशु तस्करीको घटना बढ्दै गएको छ । सस्तो मूल्यमाखरिद गरी सिमानातर्फ पठाउने उद्देश्यले केही समूहहरूले यस्तो गैरकानुनी कारोबार बढाइरहेको प्रहरीको भनाइ छ ।

स्थानीयवासीहरूका अनुसार, ‘रातिको समयमागाई–गोरुका गाडीहरू प्रायःमनहरीतर्फ गुडिरहेको देखिन्छ । प्रहरी गस्तीबढे पनि तस्करी गर्नेहरूले बाटो बदल्ने, कागजात नक्कली बनाउने र भेटेरिनरी कागज दुरुपयोग गर्ने जस्ता तरिका अपनाइरहेका छन्।’

प्रहरीले भने यस्तो गतिविधि नियन्त्रणकालागि नाका क्षेत्रमा गस्ती र निगरानीथप गरिएको जनाएको छ । मकवानपुर प्रहरीले पशु ढुवानीमाहुने अनियमितता र भेटेरिनरी प्रमाणपत्रको दुरुपयोग रोक्न सम्बन्धित निकायलाई पनि सशक्त अनुगमन गर्न आग्रह गरेको छ ।