एमाले अध्यक्ष केपि शर्मा ओलीले जेनजी आन्दोलनलाई दिए हिंसाको संज्ञा
काठमाडौं— एमाले अध्यक्ष केपि शर्मा ओलीले जेनजी आन्दोलनलाई हिंसाको संज्ञा दिएका छन् ।
सुशीला कार्की नेतृत्वको सरकारलाई १ प्रतिशत जनताको पनि समर्थन नरहेको बताउँदै आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको जिकिर गरेका छन् । ‘यो असंवैधानिक सरकार हो, कुन संविधान अनुसार बनेको छ ? क्रान्ति रे, कहाँ भयो क्रान्ति ? प्रतिक्रान्ति हो यो। देशलाई पछाडि धकेलेको छ। हिंसा अराजकतामा धकेलेको छ।’
ओलीले सुशीला कार्की नेतृत्वको सरकार आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको टिप्पणी गरेका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यो सरकारलाई संविधान र कानुनले कतैबाट पनि नचिनेको बताए।
उनले अहिले सिङ्गो देश त्रसित मनस्थितिमा रहेको बताए।
उनले थपे, ‘यो सरकारलाई एक प्रतिशतले पनि समर्थन गरेका छैनन्। एक प्रतिशत भनेको तीन लाख हो। यो आम जनतालाई सहभागी भएर बनाएको होइन। जनताको घरमा आगो लगाएर बनाइएको हो।’
उनले देशलाई संवैधानिक रिक्तता हुनबाट जोगाउन संसद् पुनर्स्थापनाको विकल्प नभएको बताए।