प्रधानमन्त्रीलाई सुटुक्क भेट्न गएका बालेन थर्काएर फर्किए

शुक्रबार, ७ कार्तिक २०८२

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । साहले शुक्रबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

भेटमा बालेनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न ढिलाई गरेको विषयमा छलफल भएको बुझिएको छ । कार्कीले सुरक्षा कारण देखाउँदै जाँचबुझ आयोगको प्रतिवेदन आउँदासम्म कुर्न आग्रह गरेकी थिइन् ।

सवा घण्टा कुराकानी गरेपछि निक्लिएका शाहले सके पक्राउ गर्नु, नसके मार्गप्रसस्त गरे हुन्छ भनेर धम्क्याएको बालुवाटार श्रोतले जनाएको छ ।