सुसिला कार्की नेतृत्वको जेनजी सरकारलाई सर्वोच्च अदालतको नमिठो झड्का
काठमाडौं—सुसिला कार्की नेतृत्वको जेनजी सरकारलाई सर्वोच्च अदालतले नमिठो झड्का दिएको छ ।
सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका राजदूतहरू फिर्ता गर्ने सरकारी निर्णयको कारण पेश गर्न आदेश जारी गरेको छ।
राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको दाबीसहित दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले ‘कारण देखाउ आदेश’ जारी गरेको हो।
अदालतले छलफलपछि मात्र अन्तरिम आदेशबारे निर्णय गर्ने बताउँदै दुवै पक्षलाई आगामी शुक्रबार उपस्थित हुन आदेश दिएको छ।
फिर्ता बोलाइएका देशहरूमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (यूके), संयुक्त राज्य अमेरिका (यूएसए) र जापान रहेका छन्।