चीनले अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान खसाल्यो
काठमाडौँ – चीनले अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान खसालेको छ । दक्षिण चीन सागरमा शैन्य अभ्यास गर्न आएका लडाकु विमान र हेलिकप्टर खसालेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
उक्त सागरलाई चीनले आफ्नो दावि गरिरहेको छ भने विभिन्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले आ–आफ्नो दाबी गर्दै आएका छन्। विमानमा सवार चालकको सकुसल उद्धार गरिएको छ ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार आइतबार दिउँसो स्थानीय समयअनुसार २:४५ बजे एमएच- ६०आर सिहक हेलिकप्टर उड्दाउड्दै दक्षिण चीन सागरमा खसेको थियो।
नौसेनाको स्क्वाड्रन-७३ एकाइको उक्त हेलिकप्टरमा चालक दलका तीन सदस्य थिए। तीनै जनालाई सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनालाई उद्धृत गर्दै सिएनएनले लेखेको छ। हेलिकप्टर दुर्घटना भएको आधा घन्टापछि लडाकू विमान पनि खसेको थियो।
करिव सवा ३ बजे फाइटिङ रेडकक्समा आबद्ध रहेको एफए-१८एफ सुपर हर्नेट लडाकू विमान पनि सोही सागरमा खसेको थियो। लडाकू विमानको चालक दलका दुई सदस्यलाई पनि सुरक्षित उद्धार गरिएको सिएनएनले जनाएको छ। हेलिकप्टर र लडाकू विमान युएसएस निमित्ज नाम दिइएको युद्धपोतबाट उडाइएको थियो।