विप्लवको पार्टीले दियो दल दर्ताको निवेदन
काठमाडौं —नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका हुन्।
आफूहरूले संसदीय राजनीतिमा सहभागी हुनको लागि दल दर्ता गर्न आएको प्रवक्ता प्रकाण्डले बताए।