ज्योति मगर भन्छिन् ‘जेनजी क्रान्ति होइन, अराजकता र भाँडभैलो हो’
काठमाडौं—गायिका ज्योति मगरले जेनजी आन्दोलन जनताका लागि नभएको ठोकुवा गरेकी छन् ।
राणा शासन, पञ्चायत र राजतन्त्रविरुद्ध भएका अतीतका क्रान्तिहरू जनताको अधिकारका लागि आवश्यक आन्दोलन भएको बताउँदै जेनजी आन्दोलन अराजकताका लागि भएको ठोकुवा गरेकी हुन् ।
उनले जेनजी आन्दोलन केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्गाको सत्यानास जस्तै भएको बताइन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले हालको जेनजी आन्दोलनले कुनै स्पष्ट दिशा नसमातेको र त्यसले केवल भ्रम र अव्यवस्था फैलाइरहेको बताइन्।
‘आज जे भइरहेको छ, यो क्रान्ति होइन। यो अराजकता र भाँडभैलो हो,’ उनले लेखेकी छन्।
ज्योति मगरका अनुसार, राणा शासन, पञ्चायत र राजतन्त्रविरुद्ध भएका अतीतका क्रान्तिहरू मात्र जनताको अधिकारका लागि आवश्यक आन्दोलन थिए।
तर, उनले थपेकी छन्, ‘त्यो क्रान्तिबाट आएका नेताहरूले पनि जनताको अपेक्षा पूरा गर्न सकेनन्।’
उनको पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा चर्चामा आएको छ, जसमा समर्थक र आलोचक दुवै प्रकारका प्रतिक्रिया देखिएका छन्।