बालेनका दाइने हात फेरी निलम्बनमा
काठमाडौं – काठमाडौंका मेयर बालेन शाहले गृहमन्त्रीका लागि प्रस्ताव गरेका महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बनमा परेका छन् ।
उच्च अदालत पाटनले पाण्डेलाई निलम्बन नगर्न यसअघि भएको अन्तरिम आदेश खारेज गरेसँग निलम्बन भएका हुन् । न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट निवेदन खारेज गरेको हो ।
निवेदन खारेज भएसँगै राजुलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय सदर भएको छ । आदेशको संक्षिप्त पाठ अदालतले नदिएको हुँदा यसको अन्तर्य स्पष्ट हुन सकेको छैन । तर, पाण्डे निकट स्रोतले नब्युँतिने दाबी गरेको छ । यसअघि प्रमुख प्रशासकीय अधिकृतबाटै निलम्बन निष्क्रिय गरिएको हुँदा पाण्डेको रिट खारेज भएको स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘उहाँमाथिको कारबाही प्रमुख प्रशासकीय ज्यूबाटै फुकुवा भइसकेकाले रिट निवेदन खारेज भएको हामीले बुझेका छौँ ।’ आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेका कारण प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय लिएका थिए । उक्त निर्णयविरुद्ध पाण्डे गत जेठ २६ गते अदालतमा रिट लिएर गए । अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्यो । त्यसपछि पाण्डे पुन आफ्नो जिम्मेवारीमा फर्किए ।
यसैबीच पाण्डेमाथि छानबिनका लागि गठन गरेको समितिले उनलाई क्लीन चिट दिएको बुझिएका छ । सोही आधारमा प्रशासकीय अधिकृत गुरागाईँले उनलाई कारबाही फुकुवाको पत्र दिए । यद्यपि, उक्त पत्रको बोधार्थ उपमेयर लगायत जनप्रतिनिधिहरूलाई दिइएको छैन ।
आज उच्चले पाण्डेको रिट खारेज गर्ने अन्तिम निर्णय सुनाएको छ । महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले आदेश आफूकहाँ नआएकाले यसबारे केही भन्न नसक्ने बताए । ‘के आधार र कारण देखाएर रिट खारेज गरिएको हो भन्ने बुझेपछि मात्रै नगर प्रमुखको निलम्बन कायम रहेरनरहेको भन्न सकिन्छ,’ उनले भने ।