एन आई सी एशिया बैंकका ग्राहकलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध
काठमाडौं—एन आई सी एशिया बैंकका ग्राहकलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने भएको छ । एन आई सी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
ग्राहकहरुले यस रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । एन आई सी एशिया बैंकले विज्ञप्ती मार्फत उक्त जानकारी दिएको छ ।