झलनाथ खनाल,घनश्याम भुषाल र रामकुमारी झाँक्री एकीकृत समाजवादी फुटाउने तयारीमा
काठमाडौँ – माओवादीकेन्द्र संगको एकतामा असन्तुस्टी जनाउदै एकीकृत समजवादीका सम्मानित नेता झलनाथ खनाल,घनश्याम भुषाल र रामकुमारी झाँक्री मिलेर एकीकृत समाजवादी फुटाउने तयारी गरेको खुलेको छ । भुसाल र रामकुमारी झाँक्री पार्टी फुटाउने आन्तरिक गृहकार्यमा जुटेको स्रोत बताउँछ ।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले अध्यक्ष नेपालको कडा आलोचना गर्दै नेतृत्व त्याग गर्न आग्रह गरेका हुन् ।
पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको पक्षमा लगातार आवाज उठाउँदै आएका खनालले यसपटक केन्द्रीय बैठकमै खुला रूपमा राजीनामाको माग गरेपछि नेपाल–खनाल सम्बन्ध झन् तनावपूर्ण बन्ने संकेत देखिएको छ ।
बैठकमा बोल्दै खनालले पतञ्जली जग्गा प्रकरणमा मुद्दा लाग्दा समेत नेपालले पद नछोडेको विषय उठाए । उनले भने, ‘मुद्दा लागेपछि संसद्बाट निलम्बन हुनुभयो, तर पार्टीमा किन पदमा बस्ने ? कम्युनिस्ट नेताको मूल्य र नैतिकता देखाउन नेतृत्व छाड्नुस् ।’
त्यस्तै, माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्तावप्रति पनि खनाल असन्तुष्ट देखिए ।उनले चार वर्षअघिको एमाले विभाजनको औचित्य नै मेटिने भन्दै सो एकताको कडा विरोध गरे ।
महासचिव घनश्याम भुसालले पनि अध्यक्ष नेपालको राजीनामाको माग गर्दै पार्टी पुनर्गठनका लागि नेतृत्व परिवर्तन आवश्यक भएको बताए । उनले माओवादी केन्द्र स्वयं गुटबन्दी र विभाजनको अवस्थामा रहेको भन्दै त्यससँग एकता सत्यानाशकारी र अपमानपूर्ण हुने चेतावनी दिए ।