फोहोर घर बाहिर ननिकाल्न मेयर बालेन शाहको अनुरोध
काठमाडौं—काठमाडौंका मेयर बालेन शाहले घरको फोहोर घर बाहिर ननिकाल्न अनुरोध गरेका छन् ।
बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि महानगरपालिकाले सूचना जारी गर्दै आफ्नो घरको फोहोर सुरक्षित तरिकाले घरभित्रै राख्न अनुरोध गरेको हो ।
अर्को सूचना जारी नभएसम्म जथाभावी सडक तथा सार्वजनिक स्थलमा फोहोर नफाल्न बालेनको अनुरोध छ ।
महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कासन हुने फोहोर मैला घर र कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’