ओली, देउवा र प्रचण्डलाई भेट्नै मन छैन: प्रधानमन्त्री कार्की
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको बताएकी छिन् ।
उनले जेनजी युवाहरूले दलभित्र ती नेताहरूको विकल्प खोजेको र आफूले युवाहरूको भावना सम्मान गर्ने उल्लेख गरेकी छिन ।
कार्कीले भने, ‘अब गर्नैपर्ने अवस्था आयो भने कुरा गर्न पनि सकिन्छु तर एउटै नेतृत्व हेर्नु उचित नभएको बताइन् ।
सम्पादकहरूसँग शुक्रबार साँझ भेट्दै उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको भन्दै आफूले युवाहरूको भावना सम्मान गर्ने बताइन् ।