दलित जेनजी एलाइन्सको केन्द्रीय कार्यालय उद्घाटन, सरकारसँग दलितका मुद्दा र माग लिएर जाने
काठमाडौँ – दलित जेनजी एलाइन्सले ललितपुरको ग्वार्खोमा केन्द्रीय कार्यालय स्थापना गरेको छ। शनिबार कार्यालय उद्घाटन गर्दै एलाइन्सले केहि समय पहिले काठमाडौँमा केहि दलित युवाहरूले घोषणा गरेको एलाइन्सले कार्यालय खोलेर अव वृहतरूपमा अगाडी बढ्ने घोषणा गरेको हो।
कार्यक्रममा दलित नागरिक समाजका अध्यक्ष मोतिलाल नेपाली,डा.मान विके,डा.मित्र परिवार,अधिवक्ता त्रिलोक चन्द विश्वास वि।के लगायत दलित समुदायका जेनजी युवाहरूको उपस्थिति रहेको थियो।
तत्काल प्रधानमन्त्री शुसिला कार्की लगाएतका सरकारका मन्त्रीहरूलाइ भेटेर सरकारसँगको जेनजी प्रतिनिधि छलफलमा बोलाउनु पर्ने,मन्त्री लगायत अन्य राजनीतिक नियुक्तीहरूमा दलित समुदायलाइ जनसंख्याको आधारमा नियुक्ती गर्नपर्ने लगाएतका माग राख्ने एलाइन्सका संयोजक जिवन तिरूवाले बताए।
उनले भने, ‘मेरो संयोजकत्वमा केन्द्रीय कार्यसमिति सहित दलित एलाइन्स बनेको दलित समुदायकै विद्वान व्यक्तित्वहरू सल्लाहकार रहेकोले अव अभियानलाइ देशैभर फैलाउने र अन्य दलित जेन जी संगठन र युवाहरूलाइ एकतामा आउन अपिल गर्न पनि चाहन्छौँ।’
