शिक्षामन्त्री महावीर पुन डेरा सरे

आइतबार, १६ कार्तिक २०८२

काठमाडौ— शिक्षामन्त्री महावीर पुन डेरा सरेका छन् ।

केशरमहलमा अड्डा जमाएर बसेका पुनः सिंहदरबार सरेका हुन् ।

मन्त्रालयका मुख्य कामहरू सिंहदरबारबाट हुने भएपछि मन्त्री पुन आइतबारदेखि सिंहदरबार सरेको उनको सचिवालयले जनाएको छ । मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए ।

शिक्षा मन्त्री बनेको भोलिपल्टदेखि उनी केशरमहलमै बसेर रातदिन मन्त्रालयको काममा व्यस्त थिए ।