जेनजी आन्दोलन तुहाएका बालेन शाह आफै पेन्डुलम

सोमबार, १७ कार्तिक २०८२

काठमाडौं— जेनजी आन्दोलन तुहाएका बालेन शाह आफै पेन्डुलम बनेका छन् ।

जेनजीहरुले भाबि प्रधानमन्त्रीको रुपमा देख्न चाहेका बालेनले नयाँ राजनीतिक दल गठन पनि नगर्ने र आगामी निर्वाचन पनि नलड्ने घोषणा गरेपछि पेन्डुलम बनेका हुन् । उनका नजिकका सहयोगीका अनुसार, बालेनले मेयरको रूपमा आफ्नो कार्यकाल पूरा गर्ने र कुनै दलमा प्रवेश नगर्ने निर्णय लिएका छन्।

राजनीतिक वृत्तमा बालेनले नयाँ पार्टी बनाउने वा रास्वपासँग सहकार्य गर्ने चर्चा चलिरहेको बेला उनले ती सबै अड्कलहरू अस्वीकार गरेका छन्।

उनका अनुसार, उनी संविधानको दायराभित्र रही “जेनजी आन्दोलन” का एजेन्डा बोकेका पार्टी वा उम्मेदवारहरूलाई मात्र समर्थन गर्ने छन्।
यसअघि बालेन, कुलमान घिसिङ, र सुमना श्रेष्ठबीच नयाँ पार्टी गठनबारे चर्चा भए पनि त्यो योजना अघि बढ्न सकेको थिएन।

बालेनले स्पष्ट रूपमा भनेका छन्, “म अहिले कुनै पार्टीमा जाने वा नयाँ दल बनाउने तयारीमा छैन, बरु देश र संविधानको सम्मान गर्दै जेन—जी आन्दोलनका एजेन्डा बोकेकालाई समर्थन गर्छु।”

उनका सहयोगीहरूका अनुसार, बालेनले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख जस्ता संवैधानिक विषयमा स्पष्ट र सकारात्मक दृष्टिकोण राखेका छन्।

उनी स्थानीय तहलाई अझ सशक्त बनाउने पक्षमा छन् र संसद्ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पहल गरे त्यसलाई पनि समर्थन गर्ने अपेक्षा गरिएको छ।