सरकारले पक्राउ नगरेपछि ओली र लेखकको मनोवल उच्च

बुधबार, १९ कार्तिक २०८२

काठमाडौं— सरकारले पक्राउ नगरी छाडा छोडेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको मनोवल बढेको छ ।

सरकारले पक्राउ गर्ने हल्ला मात्र गरेर पक्राउ नगरेपछि उनीहरु एकजुट हुन थालेका छन् ।

मंगलबार राती भक्तपुरको गुण्डुस्थित ओली निकासमा उनीहरुबीच लामो भेटवार्ता भएको छ ।

भदौ २३ र २४ गते आन्दोलनमा दमन गरेर युवा मारेको भन्दै जनस्तरबाट ओली र लेखकलाई पक्राउ गरी कारवाही गर्न सरकारलाई दवाव छ ।