जेनजी सरकारले दियो अर्को खुशीको खबर

बिहिबार, २० कार्तिक २०८२

काठमाडौं—जेनजी सरकारले अर्को खुशीको खबर दिएको छ ।

अब सामान्य कामका लागि कर कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

सरकारले मुलुकभरका करदाता सेवा कार्यालय खारेज गरेको छ । करसम्बन्धी सम्पूर्ण सेवा स्थानीय तहबाट प्रवाह गर्ने गरी कार्यालय खारेज गरिएको हो । अब कर चुक्ता लिन, प्यान कार्ड बनाउन सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

तर, सो सेवा सुचारु हुन समय लाग्नसक्ने अवस्थामा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रवाह हुने व्यवस्था मिलाइएको विभागको भनाइ छ ।

विभागका अनुसार कर भुक्तानी, करचुक्ता प्रमाणपत्रलगायत धेरै सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था हाल कार्यान्वयनमै रहेको छ ।

साथै, करदाता कार्यालय खारेज गरिएपनि वैकल्पिक व्यवस्था नभएसम्म त्यहाँबाट सेवा सुचारु रहने पनि विभागले जनाएको छ ।