बढी भ्रष्टाचार हुने कार्यालयमा सरकारले छापा मार्ने

बिहिबार, २० कार्तिक २०८२

काठमाडौं—बढी भ्रष्टाचार हुने कार्यालयमा सरकारले छापा मार्ने भएको छ ।

पहिलो चरणमा त्रिपुरेश्वरस्थित राहदानी विभागमा छापा हान्न परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयले गृहलाई पत्र पठाउँदै गोप्य रुपमा विभाग परिसरको निगरानी गराउन र छापा मार्न अनुरोध गरेको हो । विभागमा सेवा लिन पुग्ने सेवाग्राहीलाई बिचौलियाहरुले छिटोछरितो राहदानी बनाइदिन्छु भन्दै आर्थिक लेनदेन गरेका गुनासो मन्त्रालय पुगेको थियो ।

मन्त्रालयले गृहलाई पत्र पठाउँदै प्रहरीलगायत सम्बन्धित निकायबाट गोप्य रुपमा विभाग परिसरको निगरानी गराउन र छापा मार्न अनुरोध गरेको हो ।

पत्रमा भनिएको छ, ‘नेपाल प्रहरीलगायत सम्बन्धित निकायबाट गोप्य रुपमा विभाग परिसरको निगरानी गराउनुका साथै आवश्यकताअनुसार छापासमेत मारी यस प्रकारका अनुचित कार्यलाई निरुत्साहित गर्दै राहदानी वितरणसम्बन्धी सेवा प्रवाहलाई थप सरल,सहज र विश्वसनीय बनाउने कार्यमा आवश्यक सहयोग पुर्याउने व्यवस्थाका लागि निर्णयानुसार अनुरोध छ ।’