एमालेपछि कांग्रेस पनि संसद पुनस्र्थापनाको पक्षमा

सोमबार, २४ कार्तिक २०८२

काठमाडौँ – नेकपा एमालेपछि नेपाली कांग्एरेस पनि संसद  पुनस्र्थापनाको पक्षमा देखिएको छ । एमाले सचिवालयको २६ असोजको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै पुनस्र्थापना हुनुपर्ने निर्णय गरेको थियो । र सरकार चुनाव गर्ने पक्षमा नरहेको समेत निस्कर्ष निकालेको थियो ।

एमालेले त्यतिखेर हस्ताक्षर अभियान र पुनस्र्थापनाका सर्वोच्च अदालत जाने निर्णय गरेको थियो।  एमाले संस्थागत रुपमा अदालत त गएको छैन तर, संसद विघटनविरुद्ध दर्जनौं रिट सर्वोच्चमा विचाराधीन छ।

तत्कालीन प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले भने वर्तमान संक्रमणकालीन अवस्थाको निकास चुनाव रहेकाले चुनावमा जाने निर्णय गरेको थियो। यद्यपि,उसले पनि संसद विघटन असंवैधानिक भनेको थियो।

एमालेले चुनाव नजाने संकेत गरे पनि अन्य दल भने चुनावमा जान्छन्।र, अन्तिममा एमाले पनि चुनावमा मिसिने आकलन थियो। तर, कांग्रेसभित्र पनि संसद पुनस्र्थापना र चुनावमा नजाने मत थपिदै गएको छ। कांग्रेसले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेको हो। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले कानुनी प्रक्रियाका लागि हस्ताक्षर संकलन गरिएको बताए।

तर,कानुनी प्रक्रिया खुलाएनन्। विघटनअघि प्रतिनिधि सभामा सबैभन्दा धेरै सांसद भएको कांग्रेसका ८८ जना सांसद थिए। एमालेले भने यसअघि नै हस्ताक्षर संकलन गरिसकेको छ।

यदी दुई ठूला दल कांग्रेस र एमाले नै संसद पुनस्र्थापनामा लागे भने चुनाव टर्ने सम्भावना छ।