यसकारण मागेका रहेछन् बालेनले गृहमन्त्रीको राजीनामा

सोमबार, २४ कार्तिक २०८२

काठमाडौँ – बालेन शाहका सेनापति राजु पाण्डेको पद धरापमा परेको छ । पाण्डेसँगै उनकी कान्छि श्रीमति नेपाल प्रहरीकी एसएसपी गंगा पन्तको जागिरसमेत खतरामा छ ।

पाण्डेले जागिर जोगाउन दोश्रो श्रीमति पन्तसँग कागजी डिभोर्स भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले कान्छि श्रीमति पन्तलाई डिआइजी नबनाएपछि पाण्डेले बालेनमार्फत राजीनामा मागेका थिए । पाण्डेकी जेठी श्रीमती लक्ष्मी थापा काठमाडौँस्थित नबिल बैंकमा कार्यरत छिन् ।

मेयर बालेन साहको आडमा चम्किएका राजु पाण्डेले गत हप्ता थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय र प्रधानमन्त्री निवासअगाडि नेपाल प्रहरीको बालुवाटार बिट भत्काउने प्रयास तुहिएको छ ।

गुठी संस्थानका नाममा रहेको जग्गामा २०३१ सालदेखि ट्राफिक प्रहरी कार्यालय बस्दै आएको छ । सो भवनको उद्घाटन तत्कालीन आइजिपी खड्गजित बरालले गरेका थिए । गुठी संस्थानको जग्गाबाट ट्राफिक प्रहरीलाई हटाउने तातो उसैलाई लाग्नुपर्ने हो ।

महानगर प्रहरी प्रमुख पाण्डेका दुई श्रीमती छन् । पछिल्लो समय दुई श्रीमती राख्दा बहुविवाहको मुद्दा लाग्नुका साथै जागिर पनि चट् हुने अवस्था सिर्जना भएपछि कान्छी गंगा पन्तसँग पारपाचुकेको नाटक रचेको बताइन्छ ।