कुलमान घिसिङलाई साढे ७ को दशा

मंगलबार, २५ कार्तिक २०८२

काठमाडौं— कुलमान घिसिङलाई साढे ७ को दशा लागेको छ ।

कसैलाई जानकारी नदिई खुसुक्क भारतसँग विद्युत व्यापार सम्झौता गरेर देशलाई ४३ करोडभन्दा बढी घाटा पु¥याएको आरोपपछि कुलमानको ओरालो यात्रा सुरु भएको छ ।

भारतको पिटिसी इन्डिया लिमिटेडसँग अपरादर्शी सम्झौता गरेको आरोप लगाउँदै जेनजी मुभमेन्ट नेपालले राजीनामा माग गरेको छ । यसअघि उनको दम्भका कारण सुमना श्रेष्ठले समेत साथ छोडेकी थिइन् ।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले विज्ञप्ति सार्वजनिक गर्दै कुलमानलाई मन्त्री पदबाट बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई पनि निलम्बनमा राखेर सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान हुनुपर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौता मन्त्री घिसिङ र कार्यकारी निर्देशक सिलवालको मिलेमतोमा विद्युत नियमन आयोगको स्वीकृतबिना गरिएको तथ्य प्रस्ट भइसकेको छ, यो कार्य सिधा सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो ।’

साथै, सम्झौता प्रक्रियामा संलग्न अन्य कर्मचारीमाथि पनि अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै अन्यथा सडक संघर्षमा उत्रिने चेतावनी दिइएको छ ।