नेपाली कम्युनिस्ट पार्टीद्धारा एमाले सकिने घोषणा
काठमाडौं— नव गठित नेपाली कम्युनिस्ट पार्टीले मिति नै तोकेर एमाले सकिने घोषणा गरेका छ ।
प्रचण्डमाधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले मंसीर २७ गतेपछि एमाले नामको ठूटोमात्र रहने घोषणा गरेको हो ।
पार्टी समायोजन समारोहमा बोल्दै नेकपाका नेताहरुले मंसीर २७ गते २०७२ को भन्दा ठूलो भूकम्प एमालेमा जाने दाबी गरेका छन् ।
२०७२ सालको भूकम्पले धरहरा भत्काएर पुरानो ठूटोमात्र बाँकी रहेजस्तै एमालेमा केपी ओली नामको ठूटोमात्र बाकी रहने दाबी गरेका छन् ।