लोकसेवा पास गरेर सरकारी जागिर खाने अधिकांस निराक्षर किसानका छोराछोरी

बुधबार, २६ कार्तिक २०८२

काठमाडौं—लोकसेवा पास गरेर सरकारी जागिर खाने अधिकांस निराक्षर किसानका छोराछोरी रहेको पाइएको छ ।

आयोगले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा परीक्षा पास गरेर सिफारिस भएका उम्मदेवारहरूको आमा ३३ प्रतिशत निरक्षर र बुबा १६ प्रतिशत निरक्षर रहेको उल्लेख छ।

सिफारिस भएका ४१ प्रतिशत उम्मेदवारका बुबा प्राथमिक शिक्षा पढेका र सिफारिस भएका उम्मेदवारका ४८ प्रतिशत आमा प्राथमिक शिक्षा पढेको उल्लेख छ।

उच्च शिक्षा पढेकाहरूको हकमा कम छ।सबैभन्दा बढी कृषि पेसा अंगालेका अभिभावकहरूको छोराछोरीले लोकसेवा आयोगको परीक्षा पास गरेर सिफारिस भएका छन्।