मेडिकल व्यवसायी दुर्गा प्रसाईं अन्तत बालेनसामु लम्पसार परे
काठमाडौं—बालेन र उनका परिवारबिरुद्ध उग्र अभिव्यक्ति दिएर जोरी खोजेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अन्तत बालेनसामु लम्पसार परेका छन् ।
बालेन बिरुद्ध खुल्ला चुनौती दिएर सुकुम्बासीहरुलाई उक्साएका प्रसाई बालेनसंग २ दिन पनि टिक्न नसकी माफी मागेका छन् ।
केही दिनअघि सुकुम्बासी बस्तीमा पुगेर प्रसाईँले काठमाडौं महानगरको डोजरले घर भत्काउन आए बालेनको घर घेर्न जाने उर्दी जारी गरेका थिए ।
त्यती मात्र होइन बालेनको श्रीमतीलाई लछारपछार गर्न समेत भनेको विषयमा उनको आलोचना भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । प्रसाइले भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘बालेनजीको परिवारप्रति बोलेकोमा म माफी माग्छु ।
मलाई माफी माग्न ठूलो कुरा होइन । मैले आवेगमा आएर बोलेँ ।