राजनीतिमा होमिएका कुलमान कहाँबाट उठ्लान् चुनाव– रामेछाप कि काठमाडौं ?
काठमाडौं— ऊर्जामन्त्री कुलमान घिसिङ काठमाडौँ क्षेत्र नम्बर ३ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लड्ने पक्का भएको छ ।
घिसिङको जन्मस्थान रामेछाप भएकाले त्यहीँबाट चुनाव उठ्न सक्ने धेरैले आकलन गरेका थिए तर उनका निकटहरूले भने कुलमान काठमाडौंकै क्षेत्र नम्बर ३ बाट चुनाव उठ्ने पक्का भएको बताएका छन् ।
कुलमान अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने महांकालमा बस्दै आएका छन्।
यो ठाउँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ।
बौद्ध क्षेत्र र गोकर्णेश्वर नगरपालिका सहितका क्षेत्रमा जनजातिको बाक्लो उपस्थिति रहेको र उक्त निर्वाचन क्षेत्रबाट प्रमुख राजनीतिक दलका उच्च तहका नेताहरू उम्मेदवार नभएका कारण घिसिङले सहजै जित निकाल्ने उनका नेताहरुले बताएका छन् ।