बारामा जेनजीलाई कुटेको हेरेर बस्ने प्रहरी अधिकारीको जिम्मेवारी खोसियो

शुक्रबार, ५ मंसिर २०८२

 

काठमाडौं – नेकपा एमालेका नेताहरुले जेनजीलाई कुटेको हेरेर बस्ने बारा जिल्लाका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ ।

बारामा भएको पछिल्लो घटनाक्रममा उनको भुमिका शंकास्पद देखिएपछि प्रहरी हेडक्वार्टर तानेर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई बारा पठाइएको छ ।

त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ ।